धादिङमा २२ हजार २३७ बालबालिकालाई दादुरा-रुबेला खोप दिइने

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १३, २०८०

धादिङ । सरकारले ७५ जिल्लामा आजबाट चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । यो अधियानका क्रममा धादिङका २२ हजार २३७ जना बालबालिकालाई दादुरा(रुबेला खोप दिइने स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले बताएका छन् ।

धादिङमा दुई चरणमा खेप अभियान चल्ने छन्, पहिलो चरण आज देखि फागुन १९ गते सम्म चल्ने छ भने दोस्रो चरण फगुन २१–२९ गते सम्म चल्ने उनले बताए । नीलकण्ठ, नेत्रावती डवजोङ, ज्वालामुखी र सिद्धलेकमा दोस्रो चरणमा खोप दिईने छ भने अन्य पालिकामा पहिलो चरणमा खोप दिईने छ ।

खोप अधिकृत पोखरेलका अनुसार धादिङमा २२१ स्वास्थ्यकर्मी र ४४२ जना स्वयमसेवक परिचान गरिने छ भने २२१ खोप केन्द्रहरु रहने छ । ९ महिनादेखि ५ वर्षमुनिका बालबालिका खोप दिइनेछ ।

देशभरमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप अभियान बालबालिकाका लागि खोप विकास गरिरहेको संस्था गाभीको सहयोगमा सञ्चालन हुन लागेको हो । अभियानमा गाभीको १ अर्ब १२ करोड ६७ लाख बराबरको सहयोग रहेको छ भने नेपाल सरकारले २३ करोड २१ लाख गरी करिब १ अर्ब ३५ अर्ब बराबर खर्च हुने जनाइएको छ।