धादिङ, चेस च्याम्पियन बने मनिष कोइराला

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १२, २०८०

धादिङ । नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न धाडिङ्ग जिल्ला ब्यापि बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन्, धुनिबेसि खानी खोलाका मनिष कोइराला । मछिन्द्र बहुमुखी क्याम्पसका मनिषले आज भएको पाँच चरणको खेलमा ५ जित निकाल्दै च्याम्पियन बनेका हुन् ।

सत प्रतिशत जित निकाल्ने क्रममा उनले संदिल श्रेष्ठ , राजेन्द्र रिमाल, शंकल्प पौडेल, सुदिन नेपाल र आशिष लामिछाने माथि प्रभावशाली जीत दर्ता गर्दै नगद रु.७ हजार हात पारे । 

 गल्छिका स्थानीय व्यवसायी बिष्णु मिश्रले ४ अंक सहित दोश्रो स्थानमा रहन सफल भएका छन् । उनले नगद रु. ५ हजार प्राप्त गरेका छन् । वैरेनीका रोशन दुवाडीले डाइरेक्ट इन्काउण्टरका आधारमा ४ अंक हासिल गर्दै तेश्रो स्थानमा रहन सफल भएका छन् । उनले नगद रु. ३ हजार प्राप्त गरेका छन्। 

 जिल्लाका शिर्षस्थ ४३ स्थानीय खेलाडीहरुको सहभागीता रहेको बुद्धिचाल प्रतियोगितामा भेटेरान तर्फ खिम प्रसाद अमगाँईं, उत्कृष्ट युवा १६ मा सौगात ढकाल , उत्कृष्ट विद्यार्थीमा एलेक्स बर्टौला , उत्कृष्ट नमूना क्याम्पसका अपील रिमाल र उत्कृष्ट महिला खेलाडी कृष्णा श्रेष्ठले आफूहरुलाई अब्बल प्रमाणीत गर्न सफल भएका छन्। 

 आज भएको समापन समारोहमा गल्छि गाउँपालिकाका अध्यक्ष केदार नाथ खतिवडाले विजयी खेलाडीहरुलाई २१ हजार नगद पुरस्कार वितरण गरेका छन। शिक्षा तथा खेलकुद शाखा प्रमुख पेमा डोर्जे थोकरले मेडल प्रदान गरेका थिए । नेपाल बुद्धिचाल संघका अध्यक्ष हिराकाजि महर्जनले विजयी खेलाडी मनिष कोइरालालाई ट्रफी प्रदान गरेका छन् ।