नीलकण्ठ मावि विज्ञान प्रदर्शनीमा जिल्ला प्रथम हुँदै प्रदेशका लागि छनोट

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ११, २०८०

धादिङ । शिक्षा विकास निर्देशनालय हेटौडाको आयोजना तथा शिक्षा विकास तथा समन्वय ईकाई धादिङको समन्वयमा भएको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा नीलकण्ठ मावि प्रथम भएको छ ।

जिल्लाका १३ पालिका मध्य १० पालिकाले ससहभागिता जनाएकोमा नीलकण्ठबाट नीलकण्ठ मावि प्रथम भएको हो । नीलकण्ठ माविबाट विद्यार्थीद्वय जेनिश अधिकारी र आशिष प्याकुरेल तथा विज्ञान शिक्षक राम लामिछाने सहभागी थिए । प्रतियोगितामा सिद्धलेकबाट सत्यवती मावि द्वितिय, त्रिपुरासुन्दरी माविबाट रानीपौवा मावि तृतिय र थाक्रेबाट केवलपुर हरिहरभोजकुमारी मावि सान्तोना भएका छन् ।

शिक्षा विकास तथा समन्वय ईकाई धादिङका इश्वर श्रेष्ठका अनुसार प्रथमलाई ५ हजार, द्वितियलाई ३ हजार, तृतियलाई २ हजार र सान्तोनालाई १ हजार, सहभागि प्रत्येक विद्यालयका दुईजना विाद्यार्थीलाई २५सय ५० र ससहभागि शिक्षकलाई ४६ सय यातायात खर्च प्रदान गरिएको थियो ।

यस प्रतियोगितामा खनीयाबासबाट बृचेत मावि, नेत्रावती डवजोङबाट महेन्द्रबाराही मावि, त्रिपुराबाट रानीपौवा मावि, ज्वालामुखीबाट त्रिपुरासुन्दरी मावि, नीलकण्ठबाट नीलकण्ठ मावि, सिद्धलेकबाट सत्यवती मावि, बेनीघाट रोराङबाट चन्द्रोदय मावि, गजुरीबाट गजुरी पिडा मावि, थाक्रेबाट केवलपुर हरिहरभोजकुमारी मावि र धुनीबेसीबाट मादेवस्थान माविले सहभागिता जनाएका थिए ।

जिल्लाका ती वटा पालिका रुबीध्याली गल्छी र गंगाजमुनाले भने यस प्रतियोगितामा सहभागिता जनाएका थिएनन् । प्रथम भएको नीलकण्ठ मावि प्रदेश स्तरीय विज्ञान प्रदर्शनी कार्यशालामा भाग लिन जिल्लाबाट छनोट भएको उनले धादिङपोष्टलाई बताए ।