धादिङ समाज जापानद्वारा गजुरी प्रहरीलाई ब्रेथलाइजर सहित ट्राफिक उपकरण प्रदान

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १०, २०८०

धादिङ । धादिङ समाज जापानले सडक सुरक्षा सुधारका लागि करिब २ लाख रुपैँया बराबरको सडक सुरक्षा सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

अध्यक्ष श्यामहरि तिम्सिनाका अनुसार, जिल्ला ट्राफिक कार्यालय गजुरी शाखाका ट्राफिक ईन्चार्ज प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठ तथा प्रहरी साहयक निरिक्षक दुर्गा प्रसाद गौतमलाई ब्रेथलाइजर सहित २ लाख रुपैँया बराबरको सडक सुरक्षा सम्बन्धित सामाग्री हस्तान्तरण गरिएको हो ।

समाजका संरक्षक कृष्ण खनाल, समाजका सल्लाहकार तेजाव अर्याल र धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कडेल गजुरी पुगेर उक्त सामाग्री फागुन ८ गते हस्तान्तरण गरेका हुन् ।

धादिङ घर भई जापानमा विभिन्न पेशा व्यवसाय गर्दै आएकाहरुको साझा संस्था धादिङ समाज जापानले जिल्लामा विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको छ । समाजले धादिङबेसी स्थित खुल्लामञ्च निमार्णका लागि नीलकण्ठ नगरपालिकालाई १० लाख दिने गरि संझौता समेत गरि ससकेको छ ।