नेपालले आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दै

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ९, २०८०

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ः३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा नामिविया सँग ४ विकेटले हारेको थियो भने दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।