गजुरीमा फागुन १० देखि अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ८, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिकाले यहि फागुन १० देखि १२ गते सम्म प्रथम अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता खुल्ला हो तर राष्ट्रि स्तरका ‘र्‍याङकीङ २०’ सम्मका खेलाडीले प्रतियोगितामा भाग लिन नपाउने गजुरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका सुजन भण्डारीले धादिङपोष्टलाई बताए ।

प्रतियोगितामा राष्ट्रिय पुरुष युगल, रष्ट्रिय ४५ प्लस भेट्रान पुरुष युगल, जिल्ला स्तरीय पुरुष युगल  ‘बी’, जिल्ला स्तरीय पुरुष युगल ‘सी’ का खेलहरु समाबेस हुने बताईएको छ ।

भण्डारीका अनुसार राष्ट्रिय पुरुष युगल तर्फ प्रथमलाई ५० हजार, द्वितियलाई ३० हजार र सेमिफाईनलिष्टलाई १० हजार, भेट्रान पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, द्वितियलाई २५ हजार र सेमिफाईनलिष्टलाई १० हजार, पुरुष युगल ‘बी’ तर्फ प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार र सेमिफाईनलिष्टलाई १० हजार र पुरुष युगल ‘सी’ तर्फ प्रथमलाई २५ हजार, द्वितियलाई १५ हजार र सेमिफाईनलिष्टलाई ६ हजार पुरस्कार राखिएको छ ।

प्रतियोगिता गजुरी गाउँपालिका ५ गलौंदी स्थित कभर्ड हलमा हुने छ ।