धादिङका शंकर अधिकारी समाजवादी शैक्षिक मञ्चको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ८, २०८०

धादिङ । धादिङका शंकर अधिकारी समाजवादी शैक्षिक मञ्चको अध्यक्षमा चयन भएका छन् ।

विभिन्न आठ र आमन्त्रित २ गरी दश ससंस्था सम्मिलित सामाजवादी मञ्चको आईतबार सम्पन्न भेलाले एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष समेत रहेका धादिङका शंकर अधिकारी अध्यक्षमा चयन भएका हुन् ।

वामपन्थी विचार धारा र लोकतन्त्रकारी पथमा रहेकाहरुको साझा फोरमको रुपमा गठित समाजवादी शैक्षिक मञ्चको केन्द्रीय समिति २५ सदस्यीय बनेका अध्यष अधिकारीले धादिङपोष्टलाई बताए । जसको उपाध्यक्षमा शिक्षक समाजबाट प्रतिमा पाण्डे, महासचिवमा हरिदेव यादव, कोषाध्यक्षमा सञ्जिता मण्डल रहेका छन् ।