धादिङमा जारी अन्तरपालिका स्तरीय फुटसलको सेमिफाईनल पुग्ने टिमहरु

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ६, २०८०

धादिङ । धादिङबेसीमा नीलकण्ठ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । फागुन ७ गते भोली प्रजातन्त्र दिवसको अवसरमा प्रतियोगिताका सेमिफाईनल र फाईनल खेल हुने कार्यतालिका रहेको नीलकण्ठ नगरपालिकाले जनाएको छ ।

फईनलमा नीलकण्ठ नगरपालिका र खनियाबास गाउँपालिकाको सेमिफाईनल खेल बिहान साढें आठ बजे हुने छ भने बेनीघाट रोराङ गाउँपालिका र गंगाजमुना गाउँपालिका बीचको दोस्रो सेमिफाईनल खेल साढें नौ बजे हुने बताईएको छ ।

सेमिफाईनल यात्राको लागि क्वाटरफाईनलमा नीलकण्ठ ब्लुले नीलकण्ठ ग्रिनलाई २ का विरुद्ध १६ गोल गरेको थियो भने खनियाबासले गजुरीलाई र बेनीघाट रोराङले नेत्रावती डवजोङलाई पराजित गरेका थिए ।

प्रतियोगितामा १२ पालिकाका १५ टिमले सहभागिता जनाएका छन् । प्रथमले १ लाख, उपविजेता ५० हजार र तृतीय हुने टिमले २५ हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही ५-५ हजार पुरस्कार पाउने छन् ।