अन्तर्राष्ट्रिय धादिङ समाज द्वारा ५ पदक विजेता हिरा कुमाललाई २५ हजार सहित सम्मान

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ४, २०८०

धादिङ । धादिङको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५ पदक जित्न सफल ज्वालामुखी गाउँपालिकाको खेलाडी हिरा कुमाललाई नगद २५ हजार सहित अन्तर्राष्ट्रिय धादिङ समाजले सम्मान गरेको छ ।

समाजका अध्यक्ष राजन खकुरालका अनुसार हिरा कसुमालको खेल जिबनमा थप उर्जा मिलोस भन्ने उदेश्यका साथ प्रोत्साहन स्वरुप नगद रु २५ हजार तथा प्रमाण पत्र सहित सम्मान गरिएको हो ।

त्रिपुरासुन्दरी मावि खरीमा कक्षा १२ मा अध्ययनरत हिराले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १०० मिटर दौड, २०० मिटर दौड, ४ ईन्टु १०० मिटर, ४ इन्टु ४०० दौड र लङजम्पमा स्वर्ण जित्न सफल भएकी थिईन् ।