
बाबा कसरी बिर्सन सक्छुर मैले ती पुरानो दिनहरु
याद छनी हामिलाइ पढाउन भनि साहुबाट लिएको रिनहरु ।
सानै थिए बाबा म एकान्तमा बसेर तिमी रुन्थेउ
के भयो भनी सोद्दा आँसु पुछ्दै मुसुक्क हासी केही भाछैन भन्थेउ।
अब साहुकोमा गएर घोडा धस्नु पर्दैन बाबा
हाम्रा पनि दिन आउदैछन कसैको सरणमा बस्नु पर्दैन बाबा ।
-बाबा भर्खर त bachelor पढ्दैछु केही गर्न देउ पैले
साहुले लगेको घर जग्गा छिट्टै फिर्ता ल्याउनेछु मैले ।
अझैपनी यता उता काम गर्छु नभन
आमा त रोगी छदैछन बाबा तिमी रोगी नबन ।
हाम्रा त्यि पुराना दुखका दिनलाई सम्झिदै मनमा लिनेछु बाबा
देशमा रोजगार नपाएनी खाडी मुलुक गएर हजुरहरुलाइ सुख दिनेछु बाबा।
लक्ष्मी न्याैपाने, अर्घाखाँची