धादिङका चार पत्रकार एमाले जिल्ला कमिटीमा निर्वाचित

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ४, २०८०

धादिङ । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिबेशनबाट पत्रकारितामा देखिएका चार जना जिल्ला कमिटीमा निर्वाचित भएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य गायत्री खतिवडा, प्रेस चौतारी नेपाल पूर्व केन्द्रीय सदस्य रामेश्वर कार्की, प्रेस चौतारीका धादिङका पुराना नेता फणीन्द्र सिलवाल र प्रेस चौतारी धादिङका पूर्व सचिव शंकर श्रेष्ठ एमाले धादिङको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका हुन् ।