धादिङ । नेकपा (एमाले) धादिङको नयाँ कार्य समितिका लागि मतदान सुरुभएको छ । दिउँसो १ बजे सम्मका लागि मतदान समय तोखिएको छ भने यस निर्वाचमा ५७८ जना मतदाता प्रतिनीधि छन् ।
दुई प्यानल जस्तै देखिएको एमाले धादिङको अध्यक्ष को बन्ने भन्ने प्रतिस्पर्धामा छन् निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र डा. रामकुमार अधिकारी ।
त्रिपाठी निकटबाट उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) सचिवमा राधिकार सापकोटा, उप सचिव महिलामा उर्मिला रेग्मी र खुल्ला तर्फ भक्तबहादुर लामिछाने, डा. अधिकारी नीकटबाट उपाध्यक्षमा रामकुमार आचार्य, सचिवमा हरिराम लोहनी, महिला उपसचिवमा खुवीकुमारी तामाङ र खुल्ला उपसचिवमा काजी श्रेष्ठ उम्मेदवार छन् ।
निर्वाचन कमिटीले बुधबार राति सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा ५५ जना सदस्य जिल्ला कमिटीमा निर्विरोध निर्वाचित भएका छन ।