एमाले धादिङको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २, २०८०

धादिङ । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको निर्वाचान प्रक्रिया जारी छ । विद्युतिय मेसिनबाट मतदान गराईने तयारी गरिएकोले निर्वाचन आज नहुन पनि सक्ने बताईएको छ ।

प्यानल खडा गरेर निर्वाचनमा लड्न नपाईने भएतापनि भूमि त्रिपाठी र डा. रामकुमार अधिकारीको स्पष्ट प्यानल देखिने गरि उम्मेदवार खडा गरिएको छ ।

अध्यक्षका उम्मेदवार भूमि त्रिपाठीको प्यानलमा उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ, सचिवमा राधिका सापकोटा, उप सचिवमा महिला तर्फ उर्मिला रेग्मी र खुल्ला तर्फ भक्तबहादुर लामिछानेले उम्मेदवारी दिएका छन् भने डा. रामकुमार अधिकारी तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य, सचिवमा हरिराम लोहनी, महिला उपसचिवमा खुवीकुमारी तामाङ र खुल्ला उपसचिवमा काजी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस्तै दुबै प्यानल आफ्रूहरु नभएको भन्दै हरि पन्तले उपाध्यक्षमा र दिपक खतिवडाले उप सचिवपदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी फिर्ताको समय बेलुका ५ बजे सम्म दिएको बताईएको छ । अधिवेशनमा ५७८ जना मतदाता रहेका छन् ।