छुड्दै गरेकाे बालापन

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १, २०८०

ठुलाे भएस भन्दै मलाई आर्शिष नदिनु
तिम्रो काखबाट आमा छैन नि छुटिनु
मन छ आमा तिम्रो काखमा अझ लुटपुटिनु
मिल्ने भए आमा फेरि सानै बनाईदिनु

जति आमा बिस्तारै म ठुलाे हुँदै गए
आफ्नाहरु खै किन टाढा भाकाे पाए
फेरि पनि आमा मैले सानै हुन चाहे
त्यसैले त दिएकाे आशिष फिर्ता लिन लाए

फिर्ता माग्न मिल्ने भए बालापन माग्थे
देवता ढाेगी हुने भए ३३ काेटि भाग्थे
सानै हुँदा फेरि जीवन साच्चै स्वर्ग थियाे
मन त मलाई सधैं भरी सानै हुने थियाे

तिम्रो काखमा खेल्न बाबा अझ पुग्याछैन
तिम्रो जस्ताे निस्वार्थ माया कसैबाट पाईन्न
ठुलाेहरुकाे जिन्दगीमा त अंह मलाई चाहिन्न
जती प्रयास गर्दा पनि सानाे हुन पाईन्न ।।।

करिना कडेल, खहरे ,धादिङ