एमाले धादिङको बन्द सुत्र सुरु, देवकोटा ठाउँमा भानुभक्त

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १, २०८०

धादिङ । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्द सत्र सुरुभएको छ । माघ २० गते विवाद पछि स्थगित भएको जिल्ला अधिवेशन आजबाट सुरुभएको हो ।

माघ २० गतेको बन्द सत्रले अधिवेशनको अध्यक्ष मण्डलको अध्यक्ष आफूलाई बनाएको जिल्ला इञ्चार्ज धर्मदक्त देवकोटाले बताउँदै आएका थिए तर आज सुरुभएको बन्द सत्रमा अध्यक्ष मण्डलको जिम्मेवारी भानुक्त ढकालले पाएका छन् ।

अध्यक्ष मण्डलमा
भानुभक्त ढकाल अध्यक्ष
कैलास ढुङ्गेल सदस्य
धर्मदत्त देवकोटा सदस्य
खेम लोहनी सदस्य
माधव ढुङ्गेल सदस्य
जानुका सिंखडा सदस्य
रेशम लामा सदस्य
दावादोर्जे लामा सदस्य
नवराज सिलवाल सदस्य
रहेका छन् ।

विादका विषयहरु हल भएको छ । निर्वाचन गराउन केन्द्रिय संगठन नै आएकोले अब अधिवेशन सहज वातावरणमा सम्पन्न हुने एक नेताले धादिङपोष्टलाई बताए ।