राइजिङ स्टार ‘गुड स्कुल’ -पालिका अध्यक्ष थपलिया

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १, २०८०

धादिङ । बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले चरौंदी स्थित राइजिङ स्टार इङ्लिस बोर्डिङ गुड स्कुल भन्दै प्रशंषा गरेका छन् ।

राइजिङ स्टारको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई शुभकामना दिँदै प्रमुख अतिथि समेत रहेको थपलियाले शुभकामना मन्तव्य दिँदैहामीले नतिजा हेर्ने हो । राइजिङ स्टार जिल्ला द्वितिय र पालिका प्रथम भएको छ त्यसैले फेरि भन्छु राइजिङ स्टार गुड स्कुल ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जीवन कुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पालिका प्रमुख, उपप्रमुख , प्रशासकीय अधिकृत, अन्य विद्यालय प्र.अ. लगायतको आतिथ्यता रहेको थियो ।