
धादिङ । धादिङको बेनीघाट रोराङले फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले प्रेसस विज्ञप्ती जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।
जनयुद्धकै कारण मुलुक संघीय गणतन्त्रात्मक व्यवस्थामा गएको भन्दै पालिका अध्यक्ष थपलियाले यसलाई कसले मनाउने वा नमनाउने भन्दा पनि राष्ट्रिय पर्वको रूपमा सबैले स्वीकार गर्नुपर्ने बताए, हामीले पालिकामा सार्वजनिक बिदा दिएका छौं माओवादीले जितेका सबै पालिकामा सार्वजनिक बिदा दिनु पर्ने उनको राय छ ।
