सदिक्षा भण्डारी
धादिङ । पोखरा विश्वविद्यालय जनस्वास्थ्य स्नातक तह चौथो वर्षमा अध्ययनरत १२ औँ ब्याचको विद्यार्थीहरू (समूह घ) ले धादिङ जिल्लाको स्वास्थ्य प्रणालीमा रही बृहत जिल्ला स्वास्थ्य व्यवस्थापन फिल्ड अभ्यास गरी फर्किएका छन् ।
पुष २४ गते देखि सुरु भएको उक्त १ महिने फिल्ड अभ्यासमा समुहले धादिङ जिल्ला जिल्लास्थित स्वास्थ्य कार्यालय मा रही स्वास्थ्य प्रणाली तथा व्यवस्थापनको अध्ययन, जिल्लाका स्वास्थ्य सूचकहरूको विश्लेषणका साथै जिल्लास्थित विभिन्न पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पताल, जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र, लगायतका स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सरकारी गैर सरकारी तथा सामुदायिक संघ संस्था लगायतका संघ संस्थाहरुमा त्यहाँका व्यवस्थापन प्रणाली तथा स्वास्थ्य सेवाहरु मा अध्ययन गरेको थियो । साथै उक्त अवधिमा समूहले सूक्ष्म कार्य परियोजना अन्तर्गत जिल्लास्थित स्वास्थ्य कार्यालयको औषधि भण्डारण व्यवस्थापनका साथै आईईसी बीसीसी कर्नरलाई पनि व्यवस्थित गरेका थिए ।
समापन कार्यक्रममा कार्यक्रममा विद्यार्थी समुन्द्र लगुन लगायत अस्मिता रानभाट, प्रकृति रेग्मी, सदिक्षा भण्डारी, दिभ्या देवकोटा, सामना मरासीनी, सुजता कडेल, सगुन कुमाल, प्रेक्षा धामी, अर्चना सापकोटाले तत्थ्यांक विवरण बाट खोज गरेर प्राप्त भएका मुख्य विवरणकाे विश्लेषणात्मक प्रस्तुति गरेका थिए । साथै उक्त कार्यक्रममा टि.बी. मुक्त धादिङको परिकल्पनामा रही तयार पारेको पञ्चवर्षीय योजना समेत प्रस्तुत गरेका थिए । फिल्ड अभ्यासको क्रममा स्स्वास्थ्य कार्यालय प्रमुख तथा पदाधिकारीहरु, विभिन्न स्वास्थ्यसँग सम्बन्धित सरकारी, गैरसरकारी तथा सामुदायिक संघसंस्थाका व्यक्तित्वहरु साथै धादिङ जिल्लाका जनसमुदाय बाट निकै राम्रो साथ सहयोग, हौसला प्राप्त भएको विद्यार्थीहरुले बतायका छन्।