सिद्धलेकको अध्यक्षले किन मन पराउँदैनन् कर्मचारी, डेढ वर्षको अवधिमा ५ हाकिम फेरिए

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २६, २०८०

धादिङ । सिद्धलेक गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तालमेलबाट चुनाव जितेका कांग्रेसका परशुराम खतिवडा अध्यक्ष छन् । उनी निर्वाचन भएर आएको डेढ वर्षको अवधीमा सिद्धलेकमा ५ जना प्रमुख प्रशासकिय अधिकृत परिवर्तन भई ससकेका छन् ।

चालू आर्थिक बर्षको सुरुवातमै लामो समय देखि काम गरिरहेका शिक्षक, स्वास्थ्यकर्मी, प्राबिधिक तथा अन्य कर्मचारीलाई राजनैतिक प्रतिशोधको आधारमा जबर्जस्त पदबाट हटाएर कर्मचारी सरुवाको आतंक मच्चाएको आरोप खेपिरहेका अध्यक्ष खतिवडाले किन प्रमुख प्रशासकिय अधिकृत मन पराउँदैनन् र सरुवा हुन वाध्य पार्दछन्, चासोको विषय बन्न सुरु भएको छ ।

सिद्धलेक गाउँपालिका अध्यक्षले कर्मचारी टिक्नै दिँदैनन् प्रशासनिक तवरले काम गर्ने वातावरण नै बन्दैन तसर्थ सरुवा नै विकल्प बन्ने गरेको एक कर्मचारी बताउँछन् । कानुनमा बलमिच्च्याई गर्ने, जनहितका काममा ध्यान नदिने, २ महिना देखि ६ महिना भित्र स्थायी दरबन्दीका कर्मचारी, प्रमुख प्रशासकिय अधिकृतलाई सरुवाको लागि वाध्य बनाउने जस्ता आरोप अध्यक्ष खतिवडा माथि लाग्ने गरेको छ ।

यो आर्थिक बर्षमा सिद्धलेकमा कर्मचारी सरुवाको आतंकनै मच्चिएको छ, शुक्रबारनै प्रमुख प्रसासकिय अधिकृत सन्जय बहादुर स्याङ्गतान र ४ नम्बर वडाका सचिव लोकराज बरालको बिदाई हुँदैछ। वरिष्ठ शाखा अधिकृत हरि बहादुर पाटा मगरको सिन्धुलीको दुधौली नगरपालिका सरुवा भईसकेको छ ।

महिला बालबालिका शाखा प्रमुख कबिता भट्टको पनि गत महिना सुरुवा भएकी हुन् । भएका कर्मचारी नटिक्ने समस्यामा रहेको सिसद्धलेक वडा न ५ , १ र ३ मा निजामती सेवा प्रसासनको मान्छे नभएर प्राबिधिक कर्मचारीलाई वडा सचिबको जिम्मेवारी दिईएको छ ।