भिटोफले माघ २७ गते धुनीबेसीका विभिन्न स्थानको अवलोकन गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, माघ २५, २०८०

धादिङ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) र धुनिबेसी नगरपालिका ६ को आयोजनामा माघ २७ धुनीबेसी वडा नम्बर ६ का विभिन्न स्थानहरु अध्यायन अवलोकन हुने भएको छ ।

भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले जनाए अनुसार बिहान ९ बजेबाट सुरुहुने उक्त अध्यायन अवलोकन भ्रमण बेलुका ५ बजे सम्म हुनेछ । कार्यक्रममा भिटोफ नेपालका सदस्यहरु, जनप्रतिनीधिहरु, राजनीतिक दलका प्रतिीधीहरु संचारकर्मीहरुको सहभागीता रहने छ ।

कार्यक्रम तालिका

  • नौबिसे बजारमा बिहान ठिक ८:०० बजे जम्मा हुने ।
  • नौबिसे बजारबाट कालीदेविस्थान पैदल यात्रा ८:०० देखि ९:०० बजे सम्म ।
  • कालीदेविस्थानमा विहानको खाजा तथा औपचारिक कार्यक्रम ९:०० देखि १०:०० बजे सम्म ।
  • कालीदेविस्थान बाट टोड्केमदाने पैदल यात्रा ( हाईकिङ) १०:०० देखि १२:०० बजे सम्म ।
  • टोड्केमदानेमा खाना तथा अवलोकन कार्यक्रम १२ : ०० देखि २:०० बजे सम्म ।
  • टोड्केमदाने देखि कालीदेविस्थान पैदल यात्रा ( हाईकिङ) २:०० देखि ३: ३० बजे सम्म ।
  • कालीदेविस्थानमा दिउसोको खाजा तथा समापन ३ : ३० देखि ४ : ३० बजे सम्म |
  • कालीदेविस्थान देखि नौबिसे बजार सम्म पैदल यात्रा ४ : ३० देखि ५ : ०० बजे सम्म ।