धादिङ । धादिङ नीलकण्ठ नगरपालिका निवासी एवम् धादिङपोष्ट डटकमका प्रवास प्रतिनीधि हरि नेपाली प्रेस सेन्टर प्रवास प्रदेश समिति संयोजकमा चयन भएका छन् ।
बैदेशिक रोजगारीका क्रममा युएईमा रहेका उनलाई बीरगंजमा सम्पन्न प्रेस सेन्टरको केन्द्रिय समितिको बैठकले प्रवास प्रदेश समिति संयोजकमा चयन गरेको हो ।
जनयुद्धको समयमा पूर्णकालिन भएर काम समेत गरेका नेपाली निरन्तर माओवादी आन्दोलनमा सरिक छन् ।