
धादिङ । “सुकेल छार युवा क्लब” नेत्रावती डब्जोङ गाँउपालिका वडा नम्बर(२ ले आगमती फागुन ७ गते मार्पाक पुख्रीमा डुक ल्हो सोनाम ल्होछार शुभकामना आदान-प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
बागमती प्रदेश ससांसद एवम् पूर्व उप समामुख राधिका तामाङको प्रमुख आतिथ्यता तथा संविधान सभा सदस्य बीरबहादुर तामाङको विशेष आतिथ्यतामा हुने उक्त कार्यक्रममा कलाकारहरु मनमायाँ वाईवा, किसन सिजापती, सन्दिप स्याम्चेन सरोज वाईवा लगायतका कलाकार आउने सुरेश तामाङले धादिङपोष्टलाई बताए ।
