कुपामा आज सोनाम ल्होछार मनाईदै

Avatar photo
Dhadingpost
बुधबार, माघ २४, २०८०

धादिङ । कुपा युवा समाज नीलकण्ठ १४ ले आज कुपा खेल मैदानमा विविध कार्यक्रमका साथ २८६० औ डुक ल्हो सोनाम ल्होछार मनाउन लागेको छ ।

विगतका वर्षहरुमा जस्तै कुपाबासीले छिमेकी गाउँवासीहरुलाई निम्ता गरि भोजको कार्यक्रम राखेको छ भने दिउँसो १ बजे छेलो हान्ने प्रतियोगिता र त्यसपछि ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती सहित बृहत साँस्कृतिक कार्यक्रम हुने अरुण गुरुङले धादिङपोष्टलाई बताए ।

साँस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी, सर्जक मेन्दोमाया गायक शैलाप वाइवा, चर्चित मेन्दोमाया लोकदोहोरी गायिका सिता लामा, लोक तथा चर्चित लाइभ दोहोरी गायिका साथै मेन्दोमाया गायिका सन्जु लामा लगायतका कलाकारहरु काठमाडौंबाट कुपाका लागि हिडिसकेका छन् भने छेलो हान्ने प्रतियोगिताको विजेताले ५ हजार ५०० र उप विजेताले २ हजार ६०० पाउने बताईएको छ ।