कुपामा भोली ल्होछार मनाईदै, छेलो हान्ने प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २३, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित कुपा गाउँमा भोली माघ २४ गते २८६० औ डुक ल्हो सोनाम ल्होछारको पावन अवसरमाछेलो प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

कुपा युवा समाजले आयोजन गर्न लागेको उक्त साँस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी, सर्जक मेन्दोमाया गायक शैलाप वाइवा, चर्चित मेन्दोमाया लोकदोहोरी गायिका सिता लामा, लोक तथा चर्चित लाइभ दोहोरी गायिका साथै मेन्दोमाया गायिका सन्जु लामा लगायतका कलाकारहरु आउने भएका छन् ।

छेलो हान्ने प्रतियोगिताको विजेताले ५ हजार ५०० र उप विजेताले २ हजार ६०० पाउने बताईएको छ । प्रतियोगिता दिउँसो १ बजे देखि हुने बताईएको छ ।