गजल

Avatar photo
Dhadingpost
माघ २३, २०८०

न त पाउन सकिन्छ न त गुमाउन सकिन्छ !
आखाँ चिम्लिदैमा कहाँ निदाउन सकिन्छ !!

जेलिएको धागो झै बिथोलिएको जिन्दगी,
भन्नुस न यसलाई कसरी फुकाउन सकिन्छ !!

बनमा लागेको आगो देख्यौ तिमीले त प्रिय,
सोचेनौ यो मनको आगो निभाउन सकिन्छ !!

नगरे हुन्छ ब्यर्थै नाटकको अबुझपन हजुरले,
महोदय नबुझ्ने लाई मात्र बुझाउन सकिन्छ !!

सर्व ज्ञानी तिम्रो भ्रम मलाई पनि पठाइदिनु,
प्रिय कसरी कसैको दिल दुखाउन सकिन्छ !!!

लेखक:- द्रुपद अधिकारी , धादिङ फुलखर्क