एमाले धादिङको अधिवेशन विवादका तीन कारण

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २३, २०८०

धादिङ । एमाले धादिङको अधिवेशन स्थनगनको चर्चा यति देशभर एमाले वृतमा चर्चा छ । निवर्तमान अध्यक्ष एवम् अध्यक्षका आकांक्षी भूमि त्रिवाठी यहि अवस्थामा जसरी पनि निर्वाचन गराउने भन्ने र अर्का अध्यक्षका प्रत्यसी डा. रामकुमार अधिकारी पक्षले यहि अवस्थामा निर्वाचन गराउन नदिने विवादले यतिबेला एमाले धादिङको अधिवेशन स्थगित छ ।

कार्यकर्ता बीच मुठभेडको स्थिति समेत देखिएपछि प्रदेश कमिटीले विज्ञप्ती निकालेर स्थगित गरेपछि जिल्ला अध्यक्ष र निर्वाचन मण्डलका अध्यक्ष भनिएका धर्मदत्त देवकोटाले सूचना निकालेर निर्वाचन गर्न खोजेपछि केन्द्रिय अध्यक्षले दुबै पक्षलाई काठमाडौं बोलाएर विवादका विषयमा बुझेका थिए ।

आईतबार बिहान ९ बजे देखि १२ बजे सम्म दुबैपक्षको कुरा सुनेका अध्यक्ष ओलीले विवाद समाधानका लागि संगठन विभागलाई जिम्मा दिएका छन् । विभागका तर्फबाट माधव ढुङ्गेल र भानुक्त ढकाल जिम्मेवारी पाएका छन् ।

उनीहरुले जिल्लामा नै आएर यथार्त बुझ्ने बताई रहँदा भूमि त्रिपाठी पक्षले मंगलबार बिहान १० बजे फेरि बदसत्रको आव्हान गरे । यसपछि देवकोटाले फेरि विज्ञप्ती निकाल्दै आन्तरिक तयारीको काम नसकिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म बन्दसत्र सुरु नहुने जनाएका छन् ।

विवादको विषय
१. अध्यक्ष मण्डलमा विवाद
अध्यक्षका आकांक्षी डा. रामकुमार अधिकारी पक्षले बन्द सत्रमा छलफल गर्नै नदिई निर्वाचन मण्डलको अध्यक्ष धर्मदत्त देवकोटालाई बनाईएको आरोप लगाएको छ । पूर्व माओवादी नेता देवकोटा बादल सँगै एमाले बनेका थिए । धादिङको जिल्ला इन्चार्ज बनेर आए लग्गतै भूमि त्रिपाटीको पकेटको मान्छे बनेको पार्टी भन्दा गुट बलियो बनाउन लागि परेको उनीहरुको आरोप छ ।

२. प्रतिनीधि मनोनितमा विवाद
प्रतिनीधि मनोनितमा भूमि त्रिपाठीले आफ्नो तजविजमा मनोनित गरेको डा. रामकुमार अधिकारी पक्षले आरोप लगाएको छ । पार्टीले कार्वाही गरेका र हाल सम्म पनि कार्वाही फूकुवा नभएकाहरुलाई सिमेत त्रिपाठीले मनोनित गरेर प्रतिनीधि बनाएको उनीहरुको आरोप छ ।

३. जनवर्गिय संगठन प्रतिनीधि छनोटमा विवाद
यस्तै १८ वटा जनवर्गिय संगठनको विवरण पेश भएको भएपनि त्रिपाठीले २१ वटा जनवर्गिय संगठन बनाएर आफ्ना गुटका व्यक्तिहरुलाई प्रतिनीधि बनाएको समेत अधिकारी पक्षले आरोप लगाएको छ ।

डा. अधिकारी पक्षले लगाएको आरोपमा भूमि त्रिपाठी पक्षले आफूहरुले पार्टी विधान बमोजिम नै कार्य गरेको दावी गरेपछि विवादित बनेका विषयहरुमा संगठन विभागले जिल्ला मै आई अध्ययन गर्ने भएपछि अधिवेशन अनिश्चित बनेको छ ।