धुवाँकोटमा माघ २७ गते ल्होछार विशेष विविध कार्यक्रम हुने

Avatar photo
Dhadingpost
आइतवार, माघ २१, २०८०

धादिङ । धादिङको नीलकण्ठ १४ धुवाँकोट माने भञ्ज्याङ स्थित जनआवाज खेल मैदानमा माघ २७ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा मञ्जुश्री सम्वत् २८६० औँ डुक ल्हो (गरुड वर्ग) सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । जम्कट्टेल यस अघि २८५७ औं सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रममा समेत धुवाँकोट माने भञ्ज्याङ पुगेका थिए ।

आकर्षण

  • मुख्यमन्त्रीको शुभकामना मन्तव्य
  • लामा तथा झाँक्री नाँचहरु
  • घोडा नाँच
  • चेमा नाँच
  • लाली नाँच तथा प्रर्दशनी

जनआवाज युवा क्लवको आयोजनामा हुने उक्त ल्होछार कार्यक्रममा चर्चित म्हेन्दोमाया गायक गायिका रमला पाख्रिन, सीता लामा, आरम्भ तामाङ,राम गसरुङ आउने छन् भने दुरग्रेनमार्फा गुरुङ, अनुलामा, समिर घिसिङ, ननिता हिमरुङ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने अमृत तामाङले धादिङपोष्टलाई बताए ।

नुवाकोट र धादिङको सिमानामा रहेको रमणिय स्थल धुवाँकोट माने भञ्ज्याङ स्थित जनआवाज खेल मैदान हुने यस कार्यक्रममा स्थानीय लामा तथा झाँक्री नाचहरु घोडा नाँच, चेमा नाँच, लाली नाँच प्रर्दशनी सँगै बृहत सांस्कृतिक कार्यक्रममा हुने हुँदा सहभागीताका लागी आयोजकले सबैमा अनुरोध गरेको छ । कार्यक्रमको धादिङपोष्टले प्रत्यक्ष प्रसारण गर्ने छ ।