नवौं धादिङ महोत्सव आज सकिँदै

Avatar photo
Dhadingpost
आइतवार, माघ २१, २०८०

धादिङ । गजुरी गाउँपालिकाको गलौँदीमा माघ १० गते देखि जारी नवौं धादिङ महोत्सव आज सकिँदैछ । आज ४ बजे हुने समापनकार्यक्रमको प्रमुख आतिथ्यता धादिङका संघीय सांसद तथा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी रहने बताईएको छ ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको यस महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए ।