चन्द्र सुर्य युवा समाजकाे अध्यक्षमा पुन: राकेश लामिछाने चयन

Avatar photo
Dhadingpost
शनिबार, माघ २०, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ११ मा अाफ्नाे गतिविधि गर्दै अाएकाे चन्द्र सुर्य युवा समाजको बार्षिक साधारण भेला तथा तेस्रो अधिबेशनबाट अध्यक्षमा पुन राकेश लामिछाने चयन भएका छन् ।

२०७३ माघ १० गते विधिवत दर्ता भईकाम गर्दै अायकाे यश समाजकाे अाज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा उमेश लामिछाने कोषाध्यक्षमा पुष्कर लामिछाने, सचिवमा कमला परियार, सह सचिवमा मन्दिप बस्नेत (सन्दिप) र सदस्यहरुमा रबिन लामिछाने, राधिका लामिछाने, गोबिन्द लामिछाने (बिजय), अमृत लामिछाने, राकेश लम्साल, मनिस मगर, समीर लामिछाने, सन्दीप लामिछानेलाई चयन गरेकाे छ ।

यस्तै नवराज लम्साल (राज) संयाेजक र सदस्यहरु गिता ब. लामिछाने, राजु बस्नेत, शेर ब.बस्नेत (राजु), केशव लामिछाने, प्रेम ब.लामिछाने (बिनोद), डम्बर प्रसाद लम्साल रहनेगरि सल्लाहकार समिति र पुरुशोत्तम लामिछाने संयाेजक र सदस्य – उमेश लामिछाने (क), सुजन लामिछाने, बिनोद लामिछाने, बिनोद लामिछाने (पाङ्ग्रे ), पुरुशोत्तम लम्साल, बिकास लामिछाने, रुद्र ब. लामिछाने, रुपेश लामिछाने, अन्जित लामिछाने, सुन्दर लामिछाने, सन्दिप लामिछाने ‘क'(बेशी) र दिपेश लम्साल रहेकाे संरक्षण समिती समेत गठन गरेकाे छ ।