धादिङ । एमाले धादिङको अधिवेशन उद्घाटन गर्ने अध्यक्ष केपी शर्मा ओली आउने बताए पनि महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् ।
अधिवेशन उद्घाटन गर्दै महासचिव पाेखरेलले एमाले कर्याकर्ताले नेता बोक्ने नभइ पार्टी बोक्नु पर्ने बताएका थिए । पार्टी बनाउने हाे भने नेता बाेक्न छाड्नाेस् गुटकाे राजनीतिले पार्टी बन्दैन कार्यकर्तालाई उनले निर्देशन गरेका छन् । प्रमुख अतिथि समेत रहेका महासचिव पोखरेलले नेकपा एमाले चिन्नका लागि त्रिशुली नदीमाथी बनेका पुल चिने पुग्ने बताएका थिए ।
अधिवेशनको उद्घाटन अघि धादिङबेसी पुछारबजारबाट खुल्लामञ्चमा ¥याली प्रदर्शन गरिएको थियो । एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देबकोटा, नेपाली काँग्रेस जिल्ला सभापति रामनाथ अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।७ सय प्रतिनिधि सहभागि हुने अधिवेशनकाे बन्दसत्र भाेली हुने कार्यक्रम छ । जिल्ला अध्यक्षमा भूमि त्रिपाठी र डाक्टर रामकुमार अधिकारी आकांक्षी देखिएका छन् ।