धादिङ । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन यहि माघ १९ र २० गते हुँदै छ । नयाँ कार्यसमितिका लागि हुने यस अधिवेशनमा अहिले भूमिप्रसाद त्रिपाठी र डा. रामकुमार अधिकारी अध्यक्ष बन्ने दौंडमा छन् । दुबै जनाले आफू अध्यक्ष बन्ने सार्वजनिक अभिव्यक्ति नदिए पनि आफु निकटलाई प्रचार प्रसारमा र प्रतिनीधि भेटघाटमा खटाएका छन् ।
भूमिप्रसाद त्रिपाठी आठौं अधिवेशनबाट जिल्ला अध्यक्ष बन्दै नेतृत्व गरिरहेका छन् भने उनी फेरि अध्यक्ष बन्ने आकांक्षा सहित तयारीमा लागेका छन् । एमाले स्रोतका अनुसार उता डा. रामकुमार अधिकारी नेता खेम प्रसाद लोहनी, मिनराज कडेल, खेम पाठक, धनबहादुर तामाङ सहितको समर्थनमा अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
यस जिल्ला अधिवेशनमा वडा पालिकाबाट ३४१, आयोजक १३७ जना, जनवर्गिय संगठनहरुबाट ३–३ जना र मनोनित ५ प्रतिशत गरी करिव ६०० जना सहभागी हुने बताईएको छ । माघ १९ गते विहान ११ बजे पुछारबजारबाट साँस्कृतिक झाँकी सहित १० हजार पार्टी सदस्य र सुभचिन्तकहरुको सहभागितामा र्याली निकाल्ने तयारी भएको जनाईएको छ ।
अधिवेशनमा प्रतिनीधि बनेर आएका जनप्रतिनीधिहरुले जिल्ला अध्यक्ष र सचिव पदमा उम्मेदवार दिन नपाउने एमाले केन्द्रले नीति तय गरेको छ ।