एमाले धादिङको अधिवेशनको लागि वडाबाट ३४१ प्रतिनीधि चयन

Avatar photo
Dhadingpost
आइतवार, माघ १४, २०८०

धादिङ । सुदृढ संगठन एकताको आधार, एमालेको संकल्प जनताको सरोकार भन्ने नारासहित माघ १९ गते एमाले धादिङको जिल्ला अधिबेशन हुँदै छ । अधिवेशनका लागि शनिबार एकै दिन एमालेले जिल्लाका १०४ वटै वडाबाट ३४१ जना प्रतिीधिहरु छनोट गरेको छ ।

एमाले धादिङको अधिवेशनमा वडाबाट ३४१, आयोजक १३७ जना, जनवर्गिय संगठनहरुबाट ३–३ जना र मनोनित ५ प्रतिशत गरी करिव ६०० जना सहभागी हुने उप-सचिव राधिका सापकोटाले धादिङपोष्टलाई बताईन् ।

धादिङको जिल्ला अधिवेशन नेकपा एमालेका अध्यक्ष केपी शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा प्रतिनीधि बनेर आएका जनप्रतिनीधिहरु जिल्ला अध्यक्ष र सचिव पदमा उम्मेदवार बन्न पाउने छैनन् ।