माओवादी केन्द्र धादिङको पाँचौं पूर्ण वैठक सकियो, यी हुन्, मुख्य तीन निर्णय

Avatar photo
Dhadingpost
शनिबार, माघ १३, २०८०

धादिङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) धादिङ जिल्ला समन्वय समितिको पाँचौं पुर्ण बैठक तीन निर्णय गर्दै शुक्रबार सम्पन्न भएको छ ।

जिल्ला संयोजक मनराज भण्डारीको अध्यक्षता तथा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज एवम् मुख्य मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आथित्यता, केन्द्रिय सदस्य रामबहादुर भण्डारी, प्रदेश सहसचिव दलबहादुर बुर्लाकोटी, सल्लाहकार बेधनीधि अधिकारीको आतिथ्यतामा उक्त पाँचौं पूर्ण बैठक सम्पन्न भएको हो ।

मुख्यतीन निर्णय
१. जिल्ला समितिमा ४९ जना थप
२. जिल्ला पार्टी सुदृढ कोषमा हरेक पार्टी सदस्यहरुलाई आवद्ध गराउने
३. माघ १५ देखि तीन महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने

बैठकले हालको १२२ जना जिल्ला समन्वय समितिमा ४९ जना (जनवर्गिय संगठनका इन्चार्ज र अध्यक्ष, निर्वाचित वडाअध्यक्षहरु) लाई थप गरि १७१ सदस्यीय बनाउने निर्णय गएिको जिल्ला संयोजक भण्डारीले धादिङपोष्टलाई बताए । हामीले हरेक कार्यकर्ताहरुलाई जिल्ला पार्टी सुदृढ कोषमा आवद्ध गराई रकम वचत गर्न सुरु गरेका छौं । यो रकम पार्टीको नभएर कार्यकर्ताको बचत हुने छ ।अहिले सम्म ८ लाख भन्दा बढी रकम बचत भई सकेको र यो अभियानलाई प्रभावकारी ढंगले अगाडी बढाउने निर्णय गरिएको छ भने यो रकम आय आर्जनमा जोडी वचत कर्तालाई मुनाफा दिन कोषलाई पार्टीको विधानमा टेकेर सहकारी, कम्पनी वा अन्य कुन मोडलमा लैजाने भन्ने कार्यविधि बनाउने जिम्मा बासु बासकोटाको संयोजकत्वमा ससमिति बनाउने निर्णय गरिएको समेत उनले बताए ।

बैठकले माघ १५ गते देखि तीन महिने संगठन सुदृढीकरण अभियान संचालन गर्न प्रदेश सदस्यहरुलाई पालिका संयोजकको जिम्मेवारी समेत दिएको छ । जसमा धुनीबेसीको पित्तबहादुर डल्लाकोटी (हरी), गल्छीको रामकृष्ण धिमाल, सिद्धलेकको चन्द्रबहादुर सिलवाल, नीलकण्ठको दिपक विश्वकर्मा, ज्वालामुखीको, राजन रेग्मी (निशान), गंगाजमुनाको नवराज अधिकारी, खनियाबासको मंग तामाङ, नेत्रावती डवजोङको उर्मिला तामाङ, बेनीघाट रोराङ पुष्प थपलियालाई अभियान संयोजक बनाउने निर्णय गरेको छ भने थाक्रे, गजुरी र त्रिपुरासुन्दरीको अभियानको संयोजक जिल्ला कार्यालयले नै गर्ने निर्णय भएको सचिव लामिछानेले बताए ।