धादिङ । नेकपा एमाले धादिङले यहि माघ १९ गते शुक्रवार हुने जिल्ला अधिवेशनको खर्च जुटाउन सय रुपैंया संकलन अभियान सुरु गरेको छ । हुने खर्च व्यवस्थापनका लागि आफ्ना पार्टी सदस्य, शुभचिन्तकहरुसंग “पार्टीको लागि मेरो योगदान ञ्१ सय रुपैयाँको अभियान ” संचालन गरिएको जिल्ला सचिव अर्जुन कुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।
अधिबेशनका लागि सहयोग गरिदिन भन्दै रसिद बोकेर व्यक्ति व्यक्तिकोमा पुगेर चन्दा माग्दा राम्रो सन्देश नजाने भएकाले हामी सय रुपैंया अभियान चलाएर पार्टीको खाताको क्यूआरकोड सार्वजनिक गरेका छौं । सक्नेहरुले त्यो भदा बढी अरु साथीहरुबाट सय रुपैंया खातामा जम्मा हुन थालेको समेत उनले बताए ।
नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशन उद्घाटन नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीबाट धादिङबेसीमा हुने नेकपा एमाले धादिङले जनाएको छ ।