बागमती प्रदेशको ‘एक वडा, एक कृषि उत्पादन’ कार्यविधि स्वीकृत

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १२, २०८०

हेटौंडा । बागमती प्रदेश सरकारको बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० लाई स्वीकृत प्रदान गरेको छ ।

प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार बैठकले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका २०८०, बागमती प्रदेश स्तरीय ज्येष्ठ नागरिक नीति २०८० र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८० समेत स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै, बैठकले सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उनको भनाई छ । मन्त्रीपरिषद् बैठक प्रदेशका मुखयमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको हो ।