धादिङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) धादिङ जिल्ला समन्वय समितिको पुर्ण बैठक माघ १२ गते शुक्रबार बिहान ११ बजे धादिङबेसी स्थित क्रिक रिसोर्टमा बस्ने भएको छ ।
जिल्ला संयोजक मनराज भण्डारीका अनुसार बैठकमा प्रदेश समिति सचिवालय सदस्य, प्रदेश समिति सदस्य, प्रदेश सल्लाहकार समिति सदस्य, प्रदेश परिषद सदस्य, पालिका समिति ईन्चार्ज/अध्यक्ष, पालिका समिति पदाधिकारी, जिल्ला समन्वय समिति सदस्य, प्रदेश विभाग प्रमुख/उप प्रमुख सदस्यहरु, जननिर्वाचित वडा अध्यक्ष, जवस र मोर्चा र ycl जिल्ला स्थित केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष/संयोजकको सहभागिता रहने छ ।
संयोजक भण्डारीका अनुसार बैठकको प्रमुख आथित्यताका लागि केन्द्रिय उपमहासचिव जनार्दन शर्मालाई बोलाईएको छ, काम विशेषले उनी आउन नसके केद्रिय सदस्य एवम् मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आथित्यता रहने छ ।