बेनीघाट रोराङद्वारा ३१ जना विद्यार्थीलाई ६ लाख ९० हजार छात्रवृत्ति वितरण

Avatar photo
नारायण सिलवाल
मङ्लबार, माघ ९, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले ३१ जना विद्यार्थीलाई क्षेत्रगत रुपमा २० हजार, ३० हजार र ५० हजार गरी ६ लाख ९० हजार छात्रवृत्ति वितरण गरेको छ । ३१ जना मध्य २० हजार पाउनेमा २८ जना, ३० हजार पाउनेमा १ जना र ५० हजार छात्रवृत्ति पाउनेमा २ जना रहेका छन् ।

बेनीघाट रोराङ घर भई आर्थिक रुपमा विपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि पहिलो चरणमा ३१ जनालाई प्राबिधिक शिक्षा छात्रवृत्ति प्रदान गरिएको पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले बताएका छन् ।

बेनीघाट रोराङ गाउँपालिकाको चालु आव २०८०/८१ को वार्षिक वजेट तथा कार्यक्रम अन्तरगत शिक्षा तर्फको खर्च शिर्षक विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमबाट ६ लाख ९० हजार पहिलो चरणमा सोमबार ३१ जनालाई प्राबिधिक शिक्षा छात्रवृत्ति प्रदान गरिएको शिक्षा अधिकृत बोधराज पाठकले बताए ।