धादिङ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशक समितिको आज धादिङबेसीमा बसेको बैठकले प्रतियोगिताको मिति तय गर्ने जिम्मा जिल्ला खेलकुद विकास समिति धादिङलाई नै दिएको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको निर्देशक समितिको बैठकले मिति तय गर्ने जिम्मा खेलकुदलाई नै दिएको हो ।
माघ १३, १४ र १५ गते धादिङबेसीमा गर्ने तयारीमा छौं तथापी खेलकुदको कार्यसमिति वैठकले यो मिति अनुमोदन गर्न भने बाँकी रहेको उनले बताए ।