धादिङ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले धादिङका ४ सहित २५ विद्यालयलाई विपद व्यवस्थापनका लागि वजेट विनियोजन गरेको छ ।
विपद व्यवस्थापनका लागि वजेट पाउने धादिङका पाँच विद्यालय
गजुरी ६ को इन्द्राणी आवि, ८ लाख
बेनीघाट रोराङ ७ को बाघबच्छला मावि, ७ लाख
रुबीभ्याली ५ को तेङचेत आवि, ६ लाख
गजुरी ७ को बागेश्वरी आवि, १० लाख
गजुरी ८ को रिष्टुका देवि आवि, ६ लाख
रहेका छन् ।
जिल्लामा पहिरोका जोखिममा परेका विद्यालयहरुको अरुको नाम पनि पठाईएको थियो जुन विद्यालयहरु अत्यन्त विपदमा छन् उनीहरुको नाम छुटेको एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अध्यक्ष तिलक चेपाङ बताउँछन् । वजेट विनियोनको सूचना सार्वजनिक भए लग्गतै आफुले मन्त्रालय, मुख्यमन्त्री लगायतलाई जोखिममा रहेका अन्य विद्यालयहरुलाई समेत वजेट विनियोजन गरिदिन आग्रह गरेको उनले धादिङपोष्टलाई बताए ।