धादिङका ७५ वर्षिया रेशम गुरुङलाई बलात्कार कसुरमा नौ वर्ष कैद सजाय

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ५, २०८०

धादिङ । ज्वालामूखी गाउँपालिका-६ का ७५ वर्षीय रेशम गुरुङलाई जिल्ला अदालतले बलात्कार कसुरमा नौ वर्ष कैद सजाय र तीन लाख रुपियाँ जरिबाना भराउने फैसला गरेकाे छ ।

न्यायाधीश गोपालप्रसाद बास्तोलाको ०८० माघ ५ गतेको इजलासले मानसिक रूपमा समस्या परेकी ३१ वर्षीया महिलालाई ०८० असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३१ गते दिएकाे उजुरीको पक्षमा उक्त फैसला गरेकाे हाे ।