
धादिङ । धादिङबेसी सदरमुकाम स्थित नीलकण्ठ माविमा कक्षा १२ मा अध्ययनरत कुशल अधिकारी कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ का लागि डिजिटल राउण्ड, प्रि जजिङ राउण्ड, फिजिकल अडिसन हुँदै सुपर ३० मा पर्न सफलभएका छन् ।
प्रतियोगीताका लागि डिजिटल अडिशनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्री–जजीङमा सहभागी गराएकोमा ति मध्येबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिदा धादिङका कुशल अधिकारी कमेडी च्याम्पियन सिजन ३ को सुपर ३० मा पुग्न सफल भएका हुन् ।
कुशलले एक बर्ष अघि सेन्टर फ्रुट कमेडी अन टपको उपाधी जितेका थिए ।