एड्भान्सले जित्यो, नेकोस धादिङद्वारा आयोजित जिल्ला स्तरीय भलिबल

Avatar photo
Dhadingpost
सोमवार, माघ १, २०८०

धादिङ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) धादिङद्वारा आयोजित प्रथम जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय भलिवल कप धादिङबेसी स्थित एड्भान्स एकेडेमीले जितेको छ ।

नलाङ पात्ले मावि सिद्धलेक विरुद्ध फाईनल खेलेको एड्भान्स एकेडेमीले पहिलो सेटमा २५–११ र दोश्रो सेटमा २५–१८ अंक स्कोरको सिधा सेटमा फाईनल जितेको हो । यस्तै लक्की ड्रबाट पशुपति मावि र बागेश्वरी माविलाई तृतीय छुट्याउँदा बागेश्वरी जितेको थियो । तथापी पुरस्कार रकम भने यी दुई टिमले बराबर पाए ।

प्रथम भएको एड्भान्सले ५० हजार, दोश्रो भएको नलाङ पात्ले माविले ३० हजार र बागेश्वरी साढें ७ हजार र पशुपतिले साढें ७ हजार पाय यस्तै बेस्ट स्पाईकर एड्भान्सका सुदिप श्रेष्ठ, उत्कृष्ट सटर नलाङ पात्ले माविका शम्भु अर्याल, उत्कृष्ट डिफेन्डर पशुपति माविका जोसेफ तामाङ, उत्कृष्ट सर्भर एड्भान्स एकेडेमीका प्रकाश तामाङ घोषित भएका थिए ।

जिल्ला अध्यक्ष मदन खड्काको सभापतित्वमा भएको समापन समारोहमा वियी टम र खेलाडीलाई नेकोसस का केन्द्रिय उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि धर्मकुमार श्रेष्ठ, एमाले धादिङका सचिव अर्जुनकुमार श्रेष्ठ, नेकोस केन्द्रिय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज सगुन थापामगरले पुररस्कार वितसरण गरेका थिए ।