नीलकण्ठ नगरपालिकाकाे भवन शिलान्यास, साढें १८ कराेड लागत अनुमान

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २७, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाकाे कार्यालय भवन आज एक कार्यक्रमका बीच नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले शिलान्यास गरेका छन् । डीपीआर अनुसार भवन निर्माण लागत १८ करोड ५६ लाख ७१ हजार १ सय ७१ रुपैयाँको लाग्ने छ ।

विगत ५ वर्ष पहिला कानुनी प्रक्रिया पूरा गरि पुरानाे मालपाेत कार्यालय रहेकाे ठाउँमा नीलकण्ठ नगरपालिकाले भुमिगत पार्किङ सहित भवन निर्माण सुरु गरेकाे हाे ।

पाँच तला बन्ने यश भवनमा एक पटकमा ९ जना चढ्न मिल्ने लिफ्ट रहने छ । भवनको भुई तलामा लेखा शाखा, स्वास्थ्य शाखा र प्राविधिक शाखा रहनेछ भने पहिलो तल्लामा प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष, शिक्षा शाखा र मेयरको कार्य कक्ष र चाैंथाे तलाम आवासकाे लागि प्रयाेग गरिने बताईएकाे छ ।

भवन शिलान्यास कार्यक्रममा उप प्रमुख दिपक विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, प्रहरी प्रमुख गौतम मिश्र, नेपाली काँग्रेसका पुर्व सभापति रमेश धमला, वडा अध्ययक्षहरु, शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु, सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधी, नेपाली काँग्रेसका युवा नेता राधाकृष्ण भण्डारी लगायतको उपस्थिती रहेको थियो ।