
हरि देवकोटा
धादिङ । धादिङको नेत्रावति डवजोङ गाउँपालिका ४, थर्पु निवासी रबिन नगरकोटी ३४ औ राष्ट्रिय पुरुष भलिवल प्रतियोगितामा आफ्नो टिमलाई जिताउदै सुर्खेतमा उत्कृष्ट ब्लकर उपाधि समेत हात पार्न सफल भएका छन् ।
बिगत ४ वर्ष देखि पुलिस क्लबबाट भलिवल खेल्दै आएका उनी नेपाली भलिवलको राष्ट्रिय टिममा पनि पर्न सफल भएका छन् । भलिबलमा थुप्रै अवार्डहरु हात पारिसके रबिन अहिले २४ वर्ष भए । २४ वर्षको उमेरमै राष्ट्रिय टिममा समेटिएका रबिन नेपालको जितका लागि महत्वपूर्ण खेलाडीका लागि देखिएका छन् ।
धादिङका रविन नगरकोटी उत्कृष्ट ब्लकर घोषित यस ३४औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिता पुस २० गतेबाट सुरु भएको थियो । तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेमिफाईनल खेलेका थिए ।