धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकालले एक हप्ताका लागि आन्तरिक भ्रमणमा पठाएका शिक्षकहरु विद्यालय फर्किएका छन् । एक विद्यालयको राम्रा अभ्यास अर्को विद्यालयमा लैजाने र शिक्षक-शिक्षक बीच शिक्षण सिकाई क्रियाकलापहरु आदान-प्रदान गर्ने उद्देश्यले उनीहरुलाई पालिका भित्र कै अर्को विद्यालय खटाईएको थियो ।
पुस १९ देखि सात दिन शिक्षण सिकाई क्रियाकलापहरु आदान-प्रदान गर्ने उद्देश्यले आन्तरिक भ्रमणमा खटिएका उनीहरुले शिक्षा शाखामा प्रगति विवरण बुझाएर बिहिबार आफ्नै विद्यालय फर्किएका हुन् ।
यो एक साता राष्ट्रिय मावि खोरभन्ज्याङ खटिएका एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अध्यक्ष समेत रहेका तिलक चेपाङले यो शैक्षिक पिक आवरमा अन्यत्र खटिनु परेपनि केहि नयाँ अनुभव शिक्षक/शिक्षक बीचरको अनुभव सँगै विद्यालयको बारेमा धेरै कुरा सुक्ष्म अध्ययन गर्ने अवसर मिलेको बताए ।
बेनीघाट रोराङ सरकार शिक्षक प्रति त्यति पोजेटिभ नभएकोले आवश्यक पर्दा नाम बताउने तर अहिले नबताउने सर्तमा एक शिक्षक भन्दछन् गाउँमा-गाउँमा सिंहदरवारको नारा गाउँका जनताले अनुभूति गर्न सकेका छैनन् । यो जाडोमा टिनको छानामुी बसेर पढ्न खाली खुट्टा हिडेर बालबालिका जानु पर्ने अवस्था देखियो । सुगम केन्द्रित स्थानीय सरकार दुर्गम पुग्नै सकेन यस्तो अवस्थामा हामी ७ दिन गएर के गर्नु उनले बताए ।