नीलकण्ठ नगरपालिकाद्वारा शिक्षकलाई पाँच कडाई

Avatar photo
Dhadingpost
बिहिबार, पुस २६, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले शिक्षकलाहरुलाई पाँच बुँदे निर्देशन जारी गर्दै कडाई गरेको छ । शिक्षा अधिकृत प्रकाश भट्टले सुचना जारी गर्दे शिक्षकलाई पाँच बुँदे निर्देशन जारी गर्दै कडाई गरेका हुन् ।

सूचनामा भनिएको छ,

१. प्राय सम्पूर्ण विद्यालयहरुमा इन्टरनेट सेवा र माध्यमिक विद्यालयहरुमा आइ. सि. टी. ल्याव व्यवस्थापन भइ सकेको र स्थायी शिक्षकहरु तथा विद्यालयहरुमा ५० प्रतिशत अनुदानमा ल्यापटप वितरण भै सकेको सन्दर्भमा ल्यापटप प्राप्त शिक्षक र विद्यालयहरुले
शैक्षिक तथा प्रशासनिक कार्यका लागि अनिवार्य ल्यापटप प्रयोग गर्नुपर्ने
२. खाजा खाने समयमा वाहेक शिक्षकहरुले कक्षाकोठामा मोबाइल फोनको प्रयोग गर्न नपाइने, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्ने प्रबन्ध मिलाउने,
३. विद्यालयमा कुनै पनि किसिमको पत्र खाजा, सुर्तिजन्य पदार्थ र मदिरा निषेध गर्ने,
४. विद्यालय हाता भित्र शिक्षक र विद्यार्थीहरुको समन्वयमा कम्तिमा हप्ताको २ दिन सरसफाइ गर्ने गराउने व्यवस्था मिलाउने,
५. कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुले विद्यालयमा तथा विद्यालयको कामले तालुक कार्यालयहरुमा जादा अनिवार्य विद्यालय पोसाक लगाउनु पर्ने सो कार्यमा बाहेक विद्यालय कर्मचारीहरुले पोसाकको प्रयोग गर्न नपाइने ।