बेनीघाट रोराङको वाईसीएल अध्यक्ष बने उज्वल रिजाल

Avatar photo
Dhadingpost
बुधबार, पुस २५, २०८०

धादिङ । उज्वल रिजाल माओवादी केन्द्र निकट वाईसीएल बेनीघाट रोराङको अध्यक्षमा चयन भएका छन् । आज सम्पन्न सम्मेलनले ४४ सदस्यीय वाईसीएल नेपाल बेनिघाट रोराङ गठन गरेको हो ।

माओवादी केन्द्रका प्रतिनीधी सभा क्षेत्र नम्बर १ का इन्चार्ज एवम् गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को प्रमुख आतिथ्यता एवम् माओवादी केन्द्र बागमती प्रदेशका सदस्य पित्तबहादुर डल्लाकोटी (हरी) को विशेष आतिथ्यतामा भएको उक्त सम्मेलनले उपाध्यक्षमा शान्ति मगर र विकास तामाङ, सचिवमा रोसिक सिल्वाल, सह सचिवमा पूर्णबहादुर तामाङ र सुमन त्रिपाठी, कोषध्यक्षमा शुक्रबहादुर गुरुङलाई चयन गरेको छ ।