नीलकण्ठ नगरपालिकालाई अमेरिकन संस्था युएसएआईडीले सहयोग गर्ने

Avatar photo
Dhadingpost
बुधबार, पुस २५, २०८०

धादिङ । अमेरिकन संस्था युएसएआईडी र नीलकण्ठ नगरपालिका बीच जिटुजी मोडलमा काम गर्ने सहमती भएको छ । युएसएआईडीको ७० प्रतिशत र नीलकण्ठ नगरपालिकाको ३० प्रतिशत लगानी साझेदारीमा काम गर्ने गर्ने गरी छलफल भएको छ ।

युएसएआईडीले नीलकण्ठ नगरपालिका भित्र कृषि उपज संकलन, प्रशोधन, बजारीकरण गर्ने, चिस्यान केन्द्र निर्माण गर्ने, कृषि उपज संकलन तथा विक्रि केन्द्र निर्माण तथा सन्चालन, कृषि एम्बुलेन्सबाट सेवा प्रवाह गरिने, कृषि उपजको प्याकेजिङ, व्रान्डिङ तथा बजारीकरण, कृषि सहायकता कार्यक्रम अन्तरगत कृषि, भेटेनरी प्राविधिक परिचालन, कृषि क्षमता विकास कार्यक्रम, बिउ बैंक स्थापनाका लागि काम गर्ने योजना तय गरेको भएता पनि अन्तिम सहमति भने भईनसकेको बताईएको छ ।

नगर प्रमुख भीम प्रसाद ढुंगानाको अध्यक्षतामा मंगलबार भएको सदुईपक्षिय कार्यशालमा नगर उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,डेपुटी डाईरेक्टर डेभिड म्यान, युएसएआईडीका शुसिल पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।