धादिङ । जिल्ला अदालत धादिङले बालविवाहको कसुरमा १५ वर्षीय बालकलाई १ वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
०८० असोज २५ गते जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको मुद्धाको फैससला गर्दै जिल्ला अदालतले १३ वर्षीया बालिका र १५ वर्षीय बालक भागेर बालविवाह गरेकोले कसुर कायम गर्दै सो फैसला गरेको हो ।
दुवै जना बालक भएको र राजिखुसि भागेर विवाह गरी बच्चासमेत जन्मेको अवस्था भएकोले घटना जबरजस्ती करणी नभई कानुनले प्रतिबन्ध लगाएको बाल विवाह गरेको कसुर कायम गरी बालकलाई एक वर्ष कैद गर्ने फैसला भएको जिल्ला अदालतका धादिङका श्रेस्तेदार माधव भण्डारीले बताएका छन् ।
१६ वर्ष मुनीको बालक भएकोले मुलुकी अपराध संहिता २०७४ को ७३ (३) सजाय गरिएकोमा आधा सजाय भएको उनले बताए । आरोपितलाई बाल सुधार गृहमा राखिएको छ ।