
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्थित प्रकाश माविमा दुई हास्य कलाकारहरु सुरविर पण्डित (दारी बा) र रामचन्द्र अधिकारी (गोप्ते काजी) आउने भएका छन् ।
उनीहरु लागू पदार्थ दुर्ब्यसनी, बालबिबाह, जातिय छुवाछुत लगायतका विकृती हटाउन सन्देश मुलक नाटक प्रदर्शनका लागि प्रकाश मावि आउने भएका हुन् ।
विद्यालयका प्रधानाध्यापक शंकर अधिकारीका अनुससार उनीहरुले प्रदर्शन गर्ने नाटक ४५ मिनेटको हुने छ । कार्यक्रम भोली पुस २४ गते दिउँसो २ बजेबाट सुरुहुने छ ।